Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

    दाङमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ जेष्ठ २०७८
  • 2.7K
    SHARES

    दाङ। जिल्लाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

    अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार शनिबार एचडियुमा उपचाररत दङ्गीशरण गाउँपालिका–४ निवासी ७० वर्षीय पुरुष र आइसियुमा उपचाररत घोराही उपमहानगरपालिका–१४ निवासी ७४ वर्षीय महिलाको मृत्यु भएको हो ।



    दङ्गीशणका पुरुष गत वैशाख २४ गते अस्पताल भर्ना भएका थिए भने घोराहीकी महिला वैशाख २१ गते भर्ना भएकी थिइन् । उनीहरु दुवै जनामा निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको वलीको भनाइ छ ।



    योसँगै बेलझुण्डी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार