Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • दाङमा कोरोना संक्रमणबाट वडाध्यक्ष-सदस्य दुवै जनाको मृत्यु

    दाङमा कोरोना संक्रमणबाट वडाध्यक्ष-सदस्य दुवै जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    दाङ। जिल्लाको दंगीशरण गाउँपालिका ३ का वडा अध्यक्षको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गीशरण गाउँपालिका ३ चखौरा घर भएका ६३ वर्षीय पूर्णबहादुर चौधरी रहेका छन्।



    सोमबार बिहान कोहलपुर मेडिकल कलेजमा उपचार गराइ रहेका वडाध्यक्ष चौधरीको मृत्यु भएको हो। पछिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट चुनाव लडेर अध्यक्षमा निर्वाचित भएका चौधरी स्थानीय स्तरमा लोकप्रीय रहेका थिए।



    यस्तै, जिल्लाकै तुलसीपुर उपमहानगरपालिका १३ का वडा सदस्यको पनि कोरोनाका कारण मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका वडा सदस्य केशरलाल चौधरीको आइतबार राति मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार