Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • दाङ र रुपन्देहीमा पनि निषेधाज्ञा

    दाङ र रुपन्देहीमा पनि निषेधाज्ञा

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 3.2K
    SHARES

    फाइल तस्विर

    बुटवल । जिल्ला कोभिड–१९ संकट व्यस्थापन केन्द्र (डीसीएमसी)ले दाङमा शुक्रबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

    सोमबार एकैदिन २१० जनामा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार बसेको डीसीसीएमसीको बैठकले वैशाख १७ गतेदेखि वैशाख २५ गते साँझ ६ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिमा अत्यावश्यकबाहेक सबै सेवा र व्यवसाय बन्द हुने दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।



    त्यस्तै, डीसीसीएमसीले रुपन्देहीमा पनि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको बैठकले वैशाख १६ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा गर्न सिफारिश गरेको थियो। उक्त सिफारिसपश्चात् जिल्ला प्रशासन कार्यालयले बुधबार (भोलि) औपचारिक निर्णय गरी निषेधाज्ञा आदेश जारी गर्ने उनले जानकारी दिए । निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक बाहेक सबै सेवा र व्यवसाय बन्द हुनेछन् ।



    रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध रुपमा छलफल गरेर निषेधाज्ञाको सिफारिश गर्ने निर्णय गरेपछि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार