Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

    फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    सुर्खेत । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सुर्खेतले फागुन १ गतेदेखि जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ ।

    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा मङ्गलबार बसेको केन्द्रको बैठकले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको हो ।



    बैठकले खोप लगाउनुपर्ने उमेर समूहका विद्यार्थीलाई तत्काल खोपको प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमित रुपमा तथा १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।



    प्रमुख जिल्ला अधिकारी रिजालले कोभिड १९ को नयाँ भेरियन्टको प्रभाव बढ्दै गएको अवस्थामा विभिन्न कार्यालयबाट सेवा प्रवाह गर्दा हाल लागु गरिएको आलोपालो र बार प्रणाली हटाइ पूर्ववत रुपमा सेवा प्रवाह गर्ने र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गराउन सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशन दिने बताए ।

    बैठकले वीरेन्द्रनगरस्थित सबै किसिमका पार्कहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्दै खुला राख्ने निर्णय गरेको छ । कोभिडको नयाँ भेरियन्टको प्रभाव बढ्न थालेपछि यहाँका बुलबुले उद्यान, सहिद पार्क लगायतमा प्रवेश रोक लगाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार