Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • सोमबारदेखि देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द हुन सक्ने !

    सोमबारदेखि देशभरका विद्यालय र रेष्टुरेन्ट बन्द हुन सक्ने !

    अनलाइन नेपाल
  • शुक्रबार, २७ चैत्र २०७७
  • 10.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय, रेष्टुरेन्ट, पार्टी प्यालेस तथा भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेसँगै नेपालमा फेरि पनि शैक्षिक संस्था तथा रेष्टुरेन्टहरु बन्द हुनेअवस्था उत्पन्न भएको छ।

    अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले मन्त्रालयले भिडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको छ ।



    स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।



    प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताएका थिए।

    डा. गौतमले भनेका छन् ,‘अहिले जुन भीडभाड भइरहेको छ कति ठाउँमा, अब त्यो भीडभाड पूरै बन्द गर्नुपर्छ। एकदमै जनस्वास्थ्यका मापदण्ड अपनाएर २५ जनाभन्दा कम मान्छे दूरी कायम गरेर भेला हुन सकिन्छ। त्यो पनि अब कति दिनपछि नगर्नुस् भन्नुपर्ने अवस्था आउन सक्छ। जस्तो स्कुल, कलेज, सिनेमा हल पार्टी प्यालेस, भेला, जुलुस, भीडभाड, ठूलाठूला भेला सबै बन्द गर्नुपर्छ भनेर हामीले भनेका छौं।’

    मन्त्रालयले पछिल्लो समय भारतमा संक्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिएपछि नेपालमा पनि संक्रमणको दोस्रो लहरको संकेत देखिन थालेको भन्दै कोभिड—१९ संकट व्यवस्थापन केन्द्रले (सीसीएमसी)लाई भिडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो ।

    स्कुले बालबालिकाहरूमा पनि कोरोना भाइरसका नयाँ भेरिएन्ट देखिएको भन्दै मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने सबै क्षेत्र बन्द गर्न सिफारिस गरेको हो ।

    स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार भिडभाड हुने रेष्टुरेन्ट, सिनेमा हल, पार्टी प्यालेस र विद्यालय लगायतका क्षेत्र बन्द गर्न मन्त्रालयले सिफारिस गरेको हो ।

    स्वास्थ्य मन्त्रालयको सिफारिससँगै आइतबार सरकारी विदा परेकाले सोमबारबाट विद्यालयहरु बन्द हुन सक्ने अवस्था देखिएको छ।

    स्वास्थ्य मन्त्रालयले चैत्र २५ गते यस्तो सूचना जारी गरेको थियो-

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार