Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • उपत्यकामा भयावह बन्दै कोरोना, २४ घण्टामा मात्रै झण्डै २ हजार संक्रमित

    उपत्यकामा भयावह बन्दै कोरोना, २४ घण्टामा मात्रै झण्डै २ हजार संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै झण्डै दुई हजार जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्‍यकामा  १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जसमा काठमाडौँमा १६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।



    यसैबीच, आज पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । १४ हजार ६७२ जनामा पीसीआर परीक्षण र १००९ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ४३६४ र १६० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ७ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार