Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भयावह बन्दैछ उपत्यकाको अवस्था, कुनै पनि अस्पतालमा छैनन् आईसियू खाली

    भयावह बन्दैछ उपत्यकाको अवस्था, कुनै पनि अस्पतालमा छैनन् आईसियू खाली

    कुमार भण्डारी
  • शनिबार, ११ बैशाख २०७८
  • 2.4K
    SHARES

    कुमार भण्डारी/काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यामा उकालो लाग्ने क्रम जारी छ । कोरोनाको दोस्रो लहर सुरुभएपछि दैनिक २५ सयको हाराहारीमा संक्रमित बढिरहेका छन् । दैनिक यो संख्यामा संक्रमित हुँदा राजधानीकै अस्पतालहरुमा सघन उपचारकक्षहरु भरिभराउ भइसकेका छन् ।

    पछिल्लो समय कोरोनाको हटस्पट बनेको बाँकेमा त कोरोनाका विरामीलाई भुईंमै राखेर उपचार भइरहेको छ । कोरोना महामारीले यति भयावह अवस्था सृजना गरिसक्दा पनि नेपाल सरकार भने कानमा तेल हालेर बसेको छ ।



    माक्स अनिवार्य गरेकै भरमा कोरोना संक्रमण नफैलिने हो भने यस्तो महामारीको अवस्था आउने थिएन होला । यो विषय नेपाल सरकारलाई जानकारी नभएको पनि होइन । छिमेकी मुलुक भारतमा दैनिक २ हजारको हाराहारीमा कोरोना संक्रमितहरुको मृत्यु हुँदा लाश जलाउन समेत समस्या परेको छ । नेपाल सरकारको यस्तै हेलचेक्य्राई हो भने भारतको जस्तो अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न ।



    नेपालको दुई दिनको तथ्यांक हेर्ने हो भने उपत्यका पनि कोरोनाको हटस्पट बनिसकेको प्रष्टै हुन्छ । शुक्रबार २ हजार ५ सष् ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने तिमध्ये काठमाडौँ उपत्यकामै ९४० जना थपिएका थिए । जसमध्ये काठमाडौँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेका थिए ।

    शुक्रबार ८ हजार ७९८ जनामा पीसीआर परीक्षण र ८६६ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २४४९ र ११० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    संक्रमणमुक्त हुनेको संख्या भने ज्यादै न्यून छ । शुक्रबार जम्मा ४१० जना संक्रमणमुक्त भइ डिस्चार्ज भएका थिए । यो संगै नेपालमा हालसम्म २ लख ७६ हजार ७५५ जना डिस्चार्ज भएका छन्। त्यसो त शुक्रबार मात्रै कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु हुँदा मृतकको सङ्ख्या ३ हजार १२२ पुगिसकेको छ ।

    विहिबारको कुरा गर्ने हो भने २ हजार ४ सय २८ जनामा संक्रमण पुष्टि भएको थियो । १० हजार १ जनाको पीसीआर परीक्षण र ४४७ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः२३६५ र ६३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

    विहिबार त झन काठमाडौँ उपत्यकामा १ हजार १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका थिए भने बिहीबार पनि कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो । त्यसभन्दा अघिल्लो दिन बुधबार पनि नेपालमा २ हजार ३ सय ५१ जना संक्रमित थपिएका थिए।

    माथिको तथ्यांकले के पुष्टि गर्छ भने नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेकै छ । तर, काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने बजारमा कहिं कतै पनि कोरोनाको भय देखिदैन । बजारदेखि सडकसम्म जताततै भिडभाड उत्तिकै छ । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनमा चेकजाँच गरेको भरमा र सरकारले माक्स अनिवार्य गरेको भरमा कोरोना नफैलिने पक्कै होइन । त्यसैले सरकारले यसबारे समयमै सोच्न सकेन भने भयावअ अवस्था नआउला भन्न सकिन्न ।

    अब कुरा गरौं राजधानीका अस्पतालहरुको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका कुन अस्पतालमा कति विरामी कुन–कुन बेडमा छन् भन्ने जानकारी गराएको छ । सो जानकारीमा सम्पर्क व्यक्तिको पनि नाम र नम्बर उपलब्ध छ ।

    काठमाडौं उपत्यकामा आइसोलेशन, आईसीयू तथा भेन्टिलेटर रहेका संस्थाहरुको संख्याको बारेमा जानकारी गराएको तथ्यकै आधारमा हामीले अहिलेको अवस्थामा चाहिं उपत्यकाका अस्पताको अवस्था कस्तो छ, कुन–कुन अस्पतालमा कति आइसीयू बेड खाली छन् ? भनेर खोजविन गर्दा कहिं पनि आईसीयू र भेन्टिलेटर बेड पाउन सकेनौं ।

    मन्त्रालयले जारी गरेको सूचनामा १३ वटा अस्पतालको तथ्य उल्लेख छ । तर, कोरोना उपचारमा लाखौं असुलेको भनेर विवादमा आइरहेका तीन वटा अस्पतालका सम्पर्क व्यक्ति र नम्बर भने मन्त्रालयले उपलब्ध गराएको छ । मन्त्रालयले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ह्याम्स अस्पताल र नेपाल मेडिसिटी अस्पतालको भने सम्पर्क व्यक्ति र नम्बर किन उपलब्ध गराएन ? त्यहाँ पनि त कोरोनाका विरामी छन् । प्रश्न गम्भिर र सोचनिय छ । यी तीनै वटा अस्पतालले कोरोनाको नाममा लाखौं असुलेको समाचार यस अघि सार्वजनिक भइसकेका छन् । अझ ह्याम्स अस्पतालले त मरिसकेको व्यक्तिको नाममा समेत रकम उठाएको पुष्टि भइसकेको छ ।

    अनलाईन नेपालले शसस्त्र प्रहरी बल अस्पतालमा डा. प्रविन नेपालसँग सम्पर्क गर्दा २० वटा आईसीयूमध्ये १८ वटा र ७ वटा भेन्टिलेटरमा विरामी राखेर उपचार भइरहेको प्रतिक्रिया दिए । आइसोलेशनमा रहेका विरामीलाई जतिबेला पनि आईसीयू चाहिन सक्ने हुँदा बाँकी २ वटा आईसियूमा नयाँ विरामी भर्ना गर्न कठिन हुने उनले बताए । त्यसैगरी वीरेन्द्र अस्पतालका डा सुनीता पन्तसँग सम्पर्क गर्दा उहाँले नेपाली सेनाको जनसम्पर्क विभागका सम्पर्क गर्न आग्रह गरिन् । जबकी स्वास्थ्य मन्त्रालयले सम्पर्क व्यक्तिमा उनकै नाम राखेको छ ।

    त्यसैगरी देशकै ठूलो अस्पताल वीर अस्पतालका डा. अच्यूत कार्कीलाई सम्पर्क गर्दा १० वटा आइसीयूमध्ये १० वटैमा विरामी रहेको र ७ वटा भेन्टिलेटरमध्ये ५ वटामा विरामी रहेको जानकारी गराए । आईसीयू खाली नहुँदा भेन्टिलेटरमा नयाँ विरामी राख्न नसकिने उनको भनाई थियो ।

    त्यस्तै स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको नम्बरमा नेपाल प्रहरी अस्पतालका डा मनोज यादवलाई फोन गर्दा फोन नम्बर नै गलत पाइयो । यता, निजामती कर्मचारी अस्पतालका डा. दिनेश कुमार लम्साललाई फोन गर्दा कोभिड र आईसीयू हेर्ने डा. विदेश विष्टलाई फोन गर्न आग्रह गरे । भक्तपुर अस्पताल रहेमो ६ वटा आईसीयू बेडमा कोभिड नभएका विरामीहरु रहेको डा. सुमित्रा गौतमले जानकारी दिइन् ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोक अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र । सबैले आईसीयू बेड खाली नभएको प्रतिक्रिया दिए ।

    त्यसैगरी मन्त्रालयको उपलब्ध गराएको उक्त जानकारीमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, ह्याम्स अस्पताल, नेपाल मेडिसिटी अस्पतालका सम्पर्क व्यक्तिको नम्बर छैन । त्यसैले अस्पतालको नम्बरमा फोन गर्दा आईसीयू बेड खाली नभएको प्रतिक्रिया पाइयो ।

    यसरी माथिको कोरोना संक्रमितको तथ्यांक र अस्पतालको अवस्थाको कुरा गर्दा अहिले नै यो अवस्था आइसकेको छ भने कोरोना संक्रमितको संख्या अझै बढ्दा राजधानीको के हालत होला ?

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार