Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कोरोनाको केन्द्रबिन्दु बन्दै उपत्यका, एकैदिन थपिए २०४७ संक्रमित

    कोरोनाको केन्द्रबिन्दु बन्दै उपत्यका, एकैदिन थपिए २०४७ संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै दुई हजार जना भन्दा बढीमा कोरोनासंक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्‍यकामा २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    जसमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् ।



    यसैबीच, पछिल्लो २४ घण्टामा मुलुकभर ४८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ​८७९ जनामा पीसीआर र ९५५ जनामा एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३ लाख १२ हजार ६९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार