गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेका थापालाई राजमोले दलको नेताबाट हटायो

गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेका थापालाई राजमोले दलको नेताबाट हटायो

अनलाइन नेपाल
  • बुधबार, बैशाख २९ २०७८

  • 1.2K
    SHARES

    गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेका थापालाई राजमोले दलको नेताबाट हटायो

    कास्की। गण्डकी प्रदेशसभा सदस्य एवं राष्ट्रिय जनमोर्चा पार्टीका संसदीय दलको नेता कृष्ण थापालाई दलको नेताबाट हटाइएको छ । थापालाई पार्टीको निर्णय अनुसार गठबन्धनको पक्षमा हस्ताक्षर गर्न नमानेपछि दलको नेताबाट हटाईएको हो।

    जनमोर्चाकी सचेतक पियारी थापाका अनुसार बुधबार बसेको बैठकले उनलाई दलको नेताबाट हटाएको हो। ‘केही समयभित्र प्रदेशसभा सचिवालयमा पत्र बुझाइँदै छौं, अन्य कारबाहीको निर्णय पार्टी केन्द्रिय कार्यालयले नै गर्नेछ’, थापाले भनिन्।



    यसअघि थापालाई आज बिहान पार्टीले गठबन्धनमा हस्ताक्षर नगर्नुको स्पष्टिकरण सोधेको थियो । थापाले चित्त बुझ्दो जवाफ नदिएपछि दलको नेताबाट हटाएको पियारीको भनाइ छ।

    सचेतक थापाले भनिन्, ‘राजमोले गठबन्धनलाई सहयोग गरेको छ’, उनका अनुसार आफ्नो पार्टीको तीन जना सदस्य दाबी गर्दै प्रदेश प्रमुख समक्ष गठबन्धनलाई साथ दिएको जानकारी दिने तयारी छ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार