Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पूर्वएआईजी बमको घरमा कार्यरत प्रहरीद्वारा झुन्डिएर आत्महत्या

    पूर्वएआईजी बमको घरमा कार्यरत प्रहरीद्वारा झुन्डिएर आत्महत्या

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 8.9K
    SHARES

    काठमाडौँ। नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।

    आत्महत्या गर्नेमा ओखलढुंगा घर भएका प्रहरी परिचर बासुदेव धमला रहेका छन्।



    विगत चार बर्षदेखी एआईजी बमको घरमा कार्यरत धमलाले कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् ।



    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमलालाई बस्नका लागि बम परिवारले कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि छुट्टै टहरो बनाइदिएका थिए ।

    धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले हेडक्वार्टरबाट अर्को मान्छे पठाएमात्र बिदा पाउँछौ भनेर हप्काएको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार