Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ओली-नेपाल भेटवार्ता

    अन्तत : पार्टी कार्यालयदेखि होटलसम्म मिल्न नसकेको सहमतिलाई ‘चपली हाइट’ले मिलायो

    अन्तत : पार्टी कार्यालयदेखि होटलसम्म मिल्न नसकेको सहमतिलाई ‘चपली हाइट’ले मिलायो

    अनलाइन नेपाल
  • बिहिबार, ३० बैशाख २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा केही दिन पछि सरेको बताएका छन् ।

    आज प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बूढानीलकण्ठ, चपली हाइटस्थित रामेश्वर थापाको घरमा झण्डै चार घण्टा छलफल गरेपछि नेता नेपालले राजीनामाको कुरा केही दिनलाई पछि सरेको बताएका हुन्।



    एमाले विवाद समाधानतर्फ अघि बढेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आजको छलफल सकारात्मक रहेको बताए।



    ‘छलफलमा फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसला अनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ,’ नेता नेपालले भने ।

    नेता नेपालका अनुसार यसअघि पटकपटक पार्टी कार्यालयदेखि होटेलमा भएको भेटवार्ता असफल भएको बेला आजको वार्ता भने सफल भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार