Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • ८१६७ संक्रसमित थपिदा ५४५५ जना निको, १८७ को मृत्यु

    ८१६७ संक्रसमित थपिदा ५४५५ जना निको, १८७ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ५४८८ जनाले कोरोना जितेका छन् ।

    \त्यस्तै सोही अवधिमा १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।



    मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

    हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार