Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रियसभा उपनिर्वाचनको मतगणना शुरु, कसले मार्ला बाजी ?

    राष्ट्रियसभा उपनिर्वाचनको मतगणना शुरु, कसले मार्ला बाजी ?

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 1.7K
    SHARES

    हेटौँडा। बाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५ र स्थानीय तहतर्फ २३३ गरी ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिएका थिए । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।



    यस्तै, अहिले मतगणना सुरु भइसकेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ। कार्यालयका अनुसार आज साँझसम्म मतपरिणाम आउने सम्भावना रहेको छ ।



    उपनिर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’, विपक्षी गठबन्धनको समर्थन पाएका एमालेका नेता माधव नेपाल समूहका खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार