Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट एकीकृत समाजवादीकी गैरे निर्वाचित

    राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट एकीकृत समाजवादीकी गैरे निर्वाचित

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.4K
    SHARES

    बुटवल । राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।

    बुधबार भएको मतगणना अनुसार गैरेले प्रदेशसभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाइन् ।



    उनकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएकी छन् ।



    बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख२१५ जना गरी २९६ मतदातारहेको थिए ।

    लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा उत्रेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार