Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अन्तत : ‘बादल’माथि लाग्यो बादल, राष्ट्रियसभाको उपनिर्वाचनमा देवकोटा बिजयी

    अन्तत : ‘बादल’माथि लाग्यो बादल, राष्ट्रियसभाको उपनिर्वाचनमा देवकोटा बिजयी

    अनलाइन नेपाल
  • बिहिबार, ६ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका उमेद्वार एवं गृहमन्त्री रामबहादुर थापा बादल राष्ट्रियसभाको उपनिर्वाचनमा पराजित भएका हुन्। बादलले पार्टीकै माधव नेपाल पक्षका मत तान्न नसकेपछि विजय असम्भव बनेको हो ।

    बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका हुन्। देवकोटाले ५०८८ मतभार पाए भने प्रतिद्वन्दी बादलले ४०१४ मतभार पाए । त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।



    देवकोटालाई विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूह)को समर्थन रहेको थियो ।



    आजै दिउँसो सरोच्च अदालतले पनि गृहमन्त्री बादललगायत ७ जना मन्त्रीहरुको नियुक्ति बदर गरेको थियो। आजको दुवै नतिजाले गर्दा गृहमन्त्री बादलमाथि बादल लागे जस्तै भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार