Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रतिनिधिसभा विघटनबारे विज्ञहरुसँग परामर्शमा गर्दै सभामुख सापकोटा

    प्रतिनिधिसभा विघटनबारे विज्ञहरुसँग परामर्शमा गर्दै सभामुख सापकोटा

    अनलाइन नेपाल
  • शनिबार, ८ जेष्ठ २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गरेको विषयमा सभामुख अग्निप्रसाद सापकोटा विज्ञहरुसँग छलफलमा रहेका छन् ।

    सभामुख सापकोटाले विभिन्न संविधानविद् र राजनीतिक नेतृत्वसँग छलफल चलाएका हुन् । शनिबार बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका जानकारहरूसँग छलफलमा रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।



    न्यौपानेले भने–‘प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानुन व्यवसायीसँग छलफल गरिरहनुभएको छ ।’ तर, अहिलेसम्म सभामुखको धारणा भने सार्वजनिक भएको छैन ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार