Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • बाँकेमा थप १० कोरोना संक्रमितको मृत्यु

    बाँकेमा थप १० कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    नेपालगञ्ज । बाँकेमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणबाट थप १० संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेका पाँच, दाङका तीन तथा बर्दियाका दुई जना रहेका छन्।

    कोरोनाबाट दाङको तुलसीपुर उपमहानगरपालिका १२ का ४० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख ३० गते पीसीआर गरिएका उनलाई २१ गते भर्ना गरिएको थियो।



    बर्दियाको बाँसगढी नगरपालिका ३ का ६५ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ५ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।



    बर्दियाको बढैयाताल गाउँपालिका ६ का ६० वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। जेठ २ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

    दाङको घोराही उपमहानगरपालिका १८ का ५१ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। वैशाख २५ गते पीसीआर गरिएका उनलाई २७ गते भर्ना गरिएको थियो।

    बाँकेको कोहलपुर नगरपालिका १० का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। जेठ ४ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

    बाँकेको खजुरा गाउँपालिका ४ का ३२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २९ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो।

    बाँकेको बैजनाथ गाउँपालिका ४ का ३८ वर्षीया महिलाको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ। जेठ ५ गते पीसीआर गरिएका उनलाई ९ गते भर्ना गरिएको थियो।

    दाङको तुलसीपुर उपमहहानगरपालिका ८ का ५६ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १७ गते पीसीआर गरिएका उनलाई ३० गते भर्ना गरिएको थियो।

    बाँकेको कोहलपुरका ४७ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ। वैशाख १९ गते पीसीआर गरिएका उनलाई ३१ गते भर्ना गरिएको थियो।

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १८ का ८५ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ। वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो।

    योसँगै बाँकेमा कोरोनाबाट २७९ जनाको मृत्यु भएको छ। यहाँ उपचार गराउन आएका बाहिरी जिल्लाका २५१ जनाको कोरोनाबाट ज्यान गएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार