Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बनमन्त्री आलेले अनुदानको सिलिण्डरमा फोटो टाँसेपछि प्रधानमन्त्रीले भने– सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक रुपमा वितरण गर्नु

    बनमन्त्री आलेले अनुदानको सिलिण्डरमा फोटो टाँसेपछि प्रधानमन्त्रीले भने– सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक रुपमा वितरण गर्नु

    अनलाइन नेपाल
  • मंगलबार, ११ जेष्ठ २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । उक्त बैठकले कोरोनाविरुद्धको खोप आयात पहिलो प्राथमिकता भएको निक्र्यौल गरेको छ ।

    बैठकमा समितिको अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका हुन् । प्रधानमन्त्री ओली कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएको प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।



    बनमन्त्री प्रेम आलेले चीनबाट आएको अक्सिजन सिलण्डर आफूले किनेको भन्दै विल नै सावजनिक गरी अफ्नै फोटो टाँटेर वितरण गरेका बेला प्रधानमन्त्री ओलीले भने अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।



    सचिव बरालका अनुसार प्रधानमन्त्री ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार