Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाका भेरियन्टलाई नयाँ नाम दिँदै डब्ल्यूएचओ, नेपालमा भएकोको नाम ‘डेल्टा’

    कोरोनाका भेरियन्टलाई नयाँ नाम दिँदै डब्ल्यूएचओ, नेपालमा भएकोको नाम ‘डेल्टा’

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 1.9K
    SHARES

    एजेन्सी। कोरोना भाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।

    अबदेखि डब्ल्यूएचओले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउने बताएको छ। जसअनुसार भेरिअन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै नयाँ प्रणाली ल्याएको बताएको हो।



    जसअनुसार यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा र कप्पा भनिनेछ । यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो।



    भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ । त्यसैले, नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीको भनाइ छ ।

    ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ । (स्रोत :बिबिसी)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार