Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विवेकशील साझाका नेता उज्ज्वल थापाको स्वास्थ्य स्थिति झनै जटिल

    विवेकशील साझाका नेता उज्ज्वल थापाको स्वास्थ्य स्थिति झनै जटिल

    अनलाइन नेपाल
  • मंगलबार, १८ जेष्ठ २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको कोरोना संक्रमणका कारण स्वास्थ्य स्थिति झनै जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ। कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा भने अझै सुधार आउन सकेको  छैन ।

    सुरुमा कोरोना संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका नेता थापालाई ह्याम्पसबाट ग्राण्डी हुँदै केहिदिन अघि नेपाल मेडिसिटी अस्पतालमा लगिएको पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।



    ‘उहाँको फोक्सोमा समस्या देखिएको छ, संयोजक पाण्डेले भने, ‘उहाँको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भयो, यो मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको हो । यो जटिल अवस्थामा गरिन्छ ।’



    ‘मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचारको प्रयास भए पनि सुधार आएको छैन ।’ हाल थापाको स्वास्थ्य अवस्था स्थिर छ,’ उनले भने । थापाको उपचारका लागि साथीभाइ र पार्टीका शुभेच्छुकहरुले परिवारसँग सल्लाह गरेर स्वतः स्फूर्तरुपमा रकम संकलन पनि गरेका थिए ।

    यसअघि २९ असोज २०७६ अघिसम्म थापा विवेकशील नेपाली दलको अध्यक्ष थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार