Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्वास्थ्य मन्त्रालयको प्रष्टीकरण : नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन

    स्वास्थ्य मन्त्रालयको प्रष्टीकरण : नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन

    अनलाइन नेपाल
  • बिहिबार, २० जेष्ठ २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ ।

    आज मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको र समाचारहरुमा प्रकाशित भएजस्तो भेरियन्ट नभएको जनाएका छन्।



    बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।



    यसअघि डब्ल्यूएचओले पनि नेपालमा नयाँ भेरियन्ट भएको बारे जानकारी नभएको उल्लेख गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार