Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अफगानिस्तानको बारुदी सुरुङ विष्फोटमा परेर ११ जनाको मृत्यु

    अफगानिस्तानको बारुदी सुरुङ विष्फोटमा परेर ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २३ जेष्ठ २०७८
  • 3K
    SHARES

    फाइल तस्बिर

    काबुल। अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ ।

    अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् । निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन शाम्सले बताए । उनले उद्धारकर्ताहरु घटनास्थलमा पुगेको जानकारी दिए ।



    उक्त बिस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ ।



    तालिबान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । -एपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार