Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोनाविरुद्धको खोप

    आजदेखि ६० देखि ६४ वर्षका नागरिकलाई कोरोनाविरुद्धको खोप

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 3.5K
    SHARES

    काठमाडौँ । सरकारले आजदेखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

    चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप भेरोसेल काठमाडौँ उपत्यकामा ६० देखि ६४ तथा उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    खोपको उपलब्धताका आधारमा उपत्यकाबाहिर ६२ देखि ६४ वर्ष उमेरकालाई खोप दिइने छ । ६० देखि ६४ वर्ष उमेर समूहका नागरिक आठ लाख ५४ हजार रहेकाले खोपको दोस्रो मात्रा नपुग्ने देखिएको छ ।



    तिब्बतसँग सीमा जोडिएका स्थानीय तहमा भने १८ वर्षदेखि माथिका सबैलाई खोप लगाइने छ । खोप लगाउन जाँदा सबैले उमेर खुल्ने प्रमाणपत्र लैजान मन्त्रालयले अनुरोध गरेको छ ।

    पहिलो र दोस्रो चरणमा गरी चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार