Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

    सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2.5K
    SHARES

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् ।

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदहरुहलाई ह्वीप जारी गरेको छ । नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री भट्टलाई मत नदिन एमाले संसदीय दललाई प्रदेश कमिटीले निर्देशन दिएको छ ।



    प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखेर पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशन दिएका हुन् ।



    १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश संसदीय दलको जेठ १२ गते बसेको बैठकले भने तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

    स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

    प्रदेश सभामा एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका १५ र संस्थापन पक्षका नौ सदस्य छन् ।

    कांग्रेसले अहिलेसम्म मतदान गर्नेबारे टुङ्गो लगाएको छैन । जसपाका दुवै सांसद महन्थ ठाकुर पक्षका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार