Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महोत्तरीमा मध्यराति डकैती, लुटेराको गोली लागेर एक महिला घाइते

    महोत्तरीमा मध्यराति डकैती, लुटेराको गोली लागेर एक महिला घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २५ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    सांकेतिक तस्विर

    रामनारायण यादव/ जनकपुरधाम । जिल्लाको लोहारपट्टी नगरपालिका वडा नम्वर ६ मा गए राति लुटपाट भएको छ । स्थानीय रामकरण साहको घरमा ६–७ जनाको समूहमा हतियारसहित आएका डाकाको समूहले लुटपाट गरेको हो ।

    लुटपाट गर्ने क्रममा गुहार गर्दा रामनारायणकी श्रीमती ४५ वर्षीया गायत्री देवी साहमाथि लुटेराहरुले गोली प्रहार गरेका छन् । गोली लागेर घाइते गायत्रीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । डाकाहरुले चलाएको गोली गायत्रीको दाहिने तिघ्रामा लागेको छ ।



    प्रहरी नायव उपरीक्षक विष्टका अनुसार डाका समूहले घरमा राखेको २५ हजार रुपैयाँ, ६ आना सुनको मंगलसुत्र, ६ आनाकै तिलहरी, दुबै कानको मुन्द्रा लुटेर लगेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार