Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दाको आज सुनुवाई हुँदै

    प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दाको आज सुनुवाई हुँदै

    अनलाइन नेपाल
  • बुधबार, २६ जेष्ठ २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दाको आज सुनुवाई हुँदैछ ।

    यसअघि सुनवाई लगातार दुई दिन स्थगित भएको थियो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।



    यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको हो । सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि परेको रिटमा जेठ १४ गतेदेखि सुनुवाई सुरु भएपनि विवादका कारण हालसम्म पनि बहस मूल विषयमा प्रवेश गर्न सकेको छैन ।



    गत जेठ १४ गते प्रधानन्यायाधीस राणाले दीपककुमार कार्की, आनन्दमोहन भट्टराई,बमकुमार श्रेष्ठ र तेजबहादुर केसी सहितको संवैधानिक इजलास गठन गरेका थिए । निवेदक पक्षले न्यायाधीस श्रेष्ठ र केसीमाथि प्रश्न उठाएपछि विवाद सुरु भएको थियो ।

    न्यायाधीस केसीसहितको इजलासले नेकपा खारेज गरि एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काइदिएका थिए भने श्रेष्ठले उक्त मुद्वामा पुनरावलोकन निस्सा दिन अस्वीकार गरेका थिए ।

    विवादपछि प्रधानन्यायाधीस राणाले वरिष्ठताका आधारमा दोस्रो इजलास गठन गरेपछि सरकार पक्षीय कानुन व्यवसायीले विवाद निकालेपछि सुनुवाई रोकिएको थियो । नयाँ इजलासमा वरिष्ठ न्यायाधीस दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छोड्नुपर्ने सरकार पक्षीय कानुन व्यवसायीको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार