Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    नेपालले आज अस्ट्रेलियासँग खेल्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 1.3K
    SHARES

    काठमाण्डौ । फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछ ।
    खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे हुनेछ ।

    नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियासँगको खेलमा राम्रो प्रदर्शन गर्ने बताए । उनले अस्ट्रेलियासँगको खेलमा बाँकी युवा खेलाडीले पनि मौका पाउन सक्ने बताए ।



    नेपालले विश्व कप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपाल प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्व कप खेलिसकेको अस्ट्रेलिया भने नेपाललाई हराएर विश्व कपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।



    समूह ुबीु मा रहेको अस्ट्रेलिया १८ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो । नेपाल भने चौथो स्थानमा रहेको छ । नेपालले मात्र ६ अङ्क जोडेको छ ।

    यसअघि नेपालले चाइनिज ताईपेलाई दुई–शून्य गोल अन्तरले हराएको थियो भने जोर्डनसँग तीन–शून्य अन्तरले पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार