Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • युएईसँग सोमबारबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल

    युएईसँग सोमबारबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 765
    SHARES

    काठमाडौं । नेपाल र युनाईटेड अरब इमिरेट्स (युएई) बीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ ।

    नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने छ । खेल अघि दुवै टीमका प्रशिक्षक र कप्तानले राम्रो प्रदर्शन गर्दै सिरिज जित्ने दावी गरेका छन् ।



    नेपाल क्रिकेट संघ क्यानले सिरिजअघि प्रशिक्षक र कप्तानसहित आयोजना गरेको प्री म्याच कन्फ्रेन्समा प्रशिक्षक मनोजले सोमबारदेखि हुने सिरिज नेपाललाई आफ्नो कमजोरी नियाल्ने र स्तर सुधारको राम्रो मौका भएको बताए ।



    त्यस्तै नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले युएईसँगको सिरिजका लागि आफूहरू पूर्ण रूपमा तयार रहेको र नेपालका लागि अवसर भएको बताए।

    उनले कप्तानको भूमिका दबाबभन्दा पनि दायित्वका रूपमा उपयोग गर्ने उल्लेख गरे । नेपाल र युएईले पहिलो खेल कात्तिक २८ गते सोमबार, दोस्रो खेल ३० गते र तेस्रो खेल मंसिर २ गते खेल्ने छ।

    नेपालले यस सिरिजपछि आईसीसी लिग–२ खेल्न नामिबिया भ्रमण गर्दैछ । लिग–२ अन्तर्गत डिसेम्बरमा २ तारिखदेखि आयोजक नामिबिया, नेपाल र स्कटल्यान्डबीच सिरिज हुनेछ । लिग–२ मा हाल नेपाल १७ अंकसहित छैटौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार