Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • क्रेनले हाई टेन्शन लाइनमा छुँदा दुई जनाकाे मृत्यु

    क्रेनले हाई टेन्शन लाइनमा छुँदा दुई जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2.2K
    SHARES

    साेलुखुम्बु । जिल्लाको पत्तालेमा ट्रकमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा ट्रकका चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनी र क्रेनका चालक स्याङजाका २४ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



    घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा मृतक परियारका श्रीमती लीला परियार र गुल्मीका वसन्त पौडेल रहेका छन् ।



    सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालका अनुसार आज बिहान साढे आठ बजेतिर ग १ क ५१ ७३ नम्बरको ट्रकमा लोड गरेर लगिएकाे क्रेनले हाई टेन्शन लाइनकाे तारमा छाेएकाे हो । करेन्ट लाग्दा गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

    सोलु हाइड्रोपावर ८६ मेगावाटको हाइड्रोपावरको क्रेन पोखरा मर्मतका लागि लैजाँदै गर्दा दुर्घटना भएको प्रहरीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार