Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते

    ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ४ माघ २०८०
  • 504
    SHARES

    फाइल तस्विर

    धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    बुधबार साँझ खनियावास गाउँपालिका-५ च्युल्वामामा दाउरा बोकेको बा ५ ख ५९६३ नम्बरको आइचर ट्रक अनियन्त्रित भएर सडकबाट खस्दा एक जनाको मृत्यु भएको हो ।



    सडकबाट करिब १५ मिटर तल खसेको ट्रकमा सवार खनियाबास-५ सिमीका ४६ वर्षीय ल्वाङ लामाको घटनास्थलमा नै मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।



    दुर्घटनामा परी ट्रक चालक सिमीकै ४९ वर्षीय धनबहादुर तामाङ, ३५ वर्षीया मरूमायाँ तामाङ र २४ वर्षीया शर्मिला तामाङ घाइते भएका छन् ।

    उनीहरूको नुवाकोटको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार