Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

    सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 486
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, डोडेनीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

    मृत्यु हुनेमा सोही गाउँपालिकाका ३० बर्षीया पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



    प्रहरीका अनुसार दुई घाइतेको धुलिखेल र दुईजनाको मेलम्चीस्थित नगर अस्पतालमा उपचार भइरहेको छ ।



    गए राति करिब साढे ९ बजे बा ४ ख ५३८२ नम्बरको मिनिट्रक सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।

    दुर्घटनापश्चात् फरार रहेका चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार