Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मिनी ट्रक पल्टिँदा दुई जनाको मृत्यु, चालक फरार

    मिनी ट्रक पल्टिँदा दुई जनाको मृत्यु, चालक फरार

    अनलाइन नेपाल
  • सोमबार, ८ माघ २०८०
  • 396
    SHARES

    तनहुँ । तनहुँमा मिनि ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    आइतबार बेलुका ८ बजे तनहुँको देवघाट गाउँपालिका २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकमा दमौलीबाट छिपछिपे जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनि ट्रक बाँया साईडबाट सडक देखी अन्दाजी ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।



    तनहुँ प्रहरीका अनुसार ट्रकमा तीन जना सवार थिए। दुर्घटनामा देवघाट गाउँपालिका-३ दगाराका ६५ वर्षीय नरबहादुर गुरूङ र ४५ वर्षीया बिमाया गुरूङको मृत्यु भएको छ ।



    ट्रकका चालक भने बेपत्ता रहेको र उनको खोजतलास कार्य जारी रहेको दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार