Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

    मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 513
    SHARES

    फाइल तस्विर

    कैलाली । भीमदत्त राजमार्ग अन्तरर्गत कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।



    दुर्घटनामा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको छ ।



    उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार