Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल वायुसेवा निगमका अध्यक्ष घिमिरेले दिए पदबाट राजिनामा

    नेपाल वायुसेवा निगमका अध्यक्ष घिमिरेले दिए पदबाट राजिनामा

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 2K
    SHARES

    काठमाडौँ । नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले राजीनामा दिएका छन् । अध्यक्ष घिमिरेले आज पर्यटन सचिवसमक्ष राजीनामा दिएका हुन् ।

    तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले गत साल २०७७ बैशाख २ गते घिमिरेलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए। तर, त्यसको केही महिनापछि डिमप्रकाश पौडेललाई महाप्रबन्धक बनाइएपछि उनी सेरोमेनियल अध्यक्ष थिए ।



    स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले जहाज खरिदका लागि दबाब दिएका कारण बृद्व अवस्थामा अख्तियार धाउनुपर्ने भएपछि उनले राजीनामा दिएको हुन सक्ने अनुमान छ । यद्यपि राजिनामाको कारण भने बाहिर आएको छैन।



    कोरोना महामारी सुरु भएपछि झन् संकटमा रहेको निगम हाल ४५ अर्ब घाटामा संचालित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार