Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गण्डकी प्रदेश

    सरकार गठनमा निर्णायक भूमिकामा रहेका मनाङेको हातमा बहुमतको चाबी

    सरकार गठनमा निर्णायक भूमिकामा रहेका मनाङेको हातमा बहुमतको चाबी

    अनलाइन नेपाल
  • शुक्रबार, २८ जेष्ठ २०७८
  • 3.1K
    SHARES

    कास्की । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ ।

    गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित बहुमत सांसद बहुमतको दाबीसहित केही बेरमा प्रदेश प्रमुखको कार्यालय जाने स्राेतले जानकारी दिएकाे छ ।



    स्राेतका अनुसार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गर्न लागिएको हो ।



    आज दिउँसो मात्र प्रदेश प्रमुख पौडेलले २४ घण्टाभित्र समयसीमा दिए संविधानको धारा १६८ (५) बमोजिमको सरकार गठनको लागि आह्वान गरेकी थिइन् । उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

    विपक्षी गठबन्धनले काँग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद  दीपक मनाङे गरी कुल ३१ जना सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न लागेको हो।

    सरकार गठनमा स्वतन्त्र सांसद मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेकै कारण मुख्यमन्त्री गुरुङको सरकार ढलेको थियो। हिजोको मतदानमा उनी गुप्तबास बसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार