Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • डब्ल्यूएचओले नै भन्यो – कोरोना खोपले दिने सुरक्षाको समयबारे कुनै जानकारी छैन

    डब्ल्यूएचओले नै भन्यो – कोरोना खोपले दिने सुरक्षाको समयबारे कुनै जानकारी छैन

    अनलाइन नेपाल
  • शनिबार, २९ जेष्ठ २०७८
  • 2K
    SHARES

    एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड १९ खोपको सुरक्षाबारे महत्वपूर्ण बयान दिएको छ।

    डब्ल्यूएचओका अनुसार खोपले मानिसको शरीरमा कोरोना भाइरस विरुद्ध कहिलेसम्म लड्छ र स्वास्थ्य सुरक्षा प्रदान गर्छ भन्ने यो विश्वको स्वास्थ्य सम्बन्धी सर्वोच्च निकायलाई नै कुनै जानकारी छैन।



    तर, आगामी १२ महिनासम्ममा यसबारे सही सूचना उपलब्ध हुने डब्ल्यूएचओले विश्वास गरेको छ।



    तर, यसले मृत्यु हुने दर र अस्पताल नै भर्ती हुनु पर्ने अवस्थाबाट भने रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास गरिएको छ।

    बिबिसीका अनुसार कोरोना खोपले मान्छेहरूलाई कति समयसम्म सुरक्षा प्रदान गर्दछ भन्ने बारेमा पूर्ण जानकारी छैन।

    डब्ल्यूएचओले यो पनि स्वीकार गरेको छ कि अहिलेसम्म उपलब्ध सबै खोपहरूका बारे कुनै जानकारी छैन कि यिनले खोप लगाएको कहिले देखि खोप लगाएका व्यक्तिहरूलाई सुरक्षा प्रदान गर्छन्।

    डब्ल्यूएचओले भनेको छ, ‘सबै खोपहरूको सुरक्षा फरक हुन सक्छ। उदाहरणको लागी मौसमी इन्फ्लूएन्जा खोप हरेक वर्ष दिइन्छ किनभने भाइरसले आफ्नो रूप परिवर्तन गर्न जारी राख्छ र केही महिनापछि खोपको सुरक्षा कम हुन्छ।’- बिबिसी  हिन्दी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार