Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशभर बाढी र पहिरोको खतरा

    देशभर बाढी र पहिरोको खतरा

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 2.1K
    SHARES

    तस्बिर : सामाजिक सञ्जाल

    काठमाडौँ । लगातारको वर्षाका कारण देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । बाढीसँगै पहिरोको खतरा पनि बढेको छ । देशका अधिकांश नदीहरुमा पानीको बहाव बढेको छ । नारायणी नदीमा पानीको बहाव बढेको छ । कास्कीको लुम्ले र चितवनको चर्खरेमा बाढी आएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी नदीमा पानीको बहाव बढ्दा नदी किनारका बस्ती जोखिमा परेका छन् ।

    कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीमा पनि पानीको बहाव बढेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको महाशाखाले जनाएको छ । बिहीवारसम्म ति सबै नदीहरुमा पानीको वहाव अत्यधिक बढ्ने अनुमान गरिएको छ ।



    गत जेठ २८ गते मनसुन भित्रिएसँगै देशभर लगातार पानी परिरहेको छ । यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ । आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही ठाउँमा अत्यधिक पानी पर्ने सम्भावना छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार