Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • सरकार र ट्यांकर चालक संघबीच सहमति, भोलिदेखि नै खोप उपलब्ध गराइने

    सरकार र ट्यांकर चालक संघबीच सहमति, भोलिदेखि नै खोप उपलब्ध गराइने

    अनलाइन नेपाल
  • मंगलबार, १ असार २०७८
  • 1.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुले आन्दोलन फिर्ता लिएका छन्।

    आज नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएपछि आन्दोलन फिर्ता भएको हाे ।



    संघका अध्यक्ष ईश्वर लामाका अनुसार बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकलाई निगमले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाउने सहमति भएको छ । उनीहरूलाई बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भएकाे छ ।



    आन्दोलित ट्यांकर चालक तथा सहचालकलाई खोप लगाउने विषयमा सहमति भएको र केहीबेरमा विस्तृत विवरण सार्वजनिक हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार