Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • हेलम्बु पहिरोमा ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका

    हेलम्बु पहिरोमा ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2K
    SHARES

    काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परेर ५० जनाभन्दा बढी बेपत्ता भएको आशंका गरिएको छ ।

    हेलम्बु गाउँपालिका–१ मा गएरापत पहिरो जाँदा तिम्बु बजारका सात घर बगाएको छ । सात वटा माछापालन गरिएको पोखरी बगाएको छ ।



    मेलम्ची खानेपानी आयोजनामा कार्यरत ३९ जना तथा माछा फर्ममा कार्यरत ११ जना बेपत्ता भएको वडा नम्बर २ का अध्यक्ष छिरीङ ग्याल्बु लामाले जानकारी दिए ।



    मेलम्ची खानेपानी आयोजनाको मुहान रहेको हेलम्बुमाथिबाट पहिरो आउँदा गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ६, ७ मा क्षति पुगेको छ । प्रहरीले खोजी तथा उद्धारको काम गरिरहेको छ ।

    सडक अवरुद्ध भएका कारण राहत तथा खोजीको काम प्रभावित भएको स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार