Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • नारायणीमा पानीको बहाब उच्च, गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

    नारायणीमा पानीको बहाब उच्च, गण्डक ब्यारेजका ३६ वटै ढोका खोलियो

    अनलाइन नेपाल
  • बुधबार, २ असार २०७८
  • 2.6K
    SHARES

    नवलपरासी (पश्चिम) । केही दिन अघिदेखि सुरु भएको अविल वर्षाका कारण आएको बाढीले नारायणी नदीमा पानीको सतह खतराको विन्दुमा पुगेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको छ ।

    पानीको सतह बढेपछि ब्यारेजको ढोका खोलिएको नवलपरासी (बर्दघाट पश्चिम)का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकरी दिए । मिश्रका अनुसार अहिले सो ब्यारेजबाट ४ लाख १२ हजार क्युसेक पानी बगिहरेको छ। सीडीओ मिश्रले जिल्लामा बाढीबाट कुनै क्षति भने भइनसकेको जानकारी दिए।



    तर, जिल्लाका केही दक्षिणी भेगका वस्तीहरुमा बाढी पसेको सूचना आफूले पाएको उनले बताए । उनका अनुसार पालही ननन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिकाका दक्षिणी भेगमा रहेका बस्तीहरुमा बाढी पसेको छ।



    झरही र धनेवा खोलामा जलस्तर बढ्ने अनुमान गरिएको र त्यस्तो अवस्था आए उद्धार गर्न उद्धार टोली तयारी अवस्थमा रहेको सीडीओ मिश्रले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार