Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • पछिल्लो २४ घण्टा : निषेधाज्ञा उल्लंघन गर्ने ३,०१२ वटा सवारी प्रहरीको कारवाहीमा

    पछिल्लो २४ घण्टा : निषेधाज्ञा उल्लंघन गर्ने ३,०१२ वटा सवारी प्रहरीको कारवाहीमा

    अनलाइन नेपाल
  • बिहिबार, ३ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ९ सय २६ वटा गाडी र २ हजार ८६ वटा मोटरसाइकल रहेका छन् ।

    नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको प्रहरीको भनाइ छ । साथै, नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय १६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ५ सय ८७ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।



    प्रहरीका अनुसार कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २२ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा १ हजार ८ सय ६४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।



    साथै, देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ५१ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ३ हजार ३ सय ५२ जनालाई सचेत गराइएको छ ।

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार