Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सिन्धुपाल्चोकको बाढीमा परेका चिनियाँ र भारतीयसहित २३ जना अझै बेपत्ता (नामावलीसहित)

    सिन्धुपाल्चोकको बाढीमा परेका चिनियाँ र भारतीयसहित २३ जना अझै बेपत्ता (नामावलीसहित)

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 3.3K
    SHARES

    सिन्धुपाल्चोक । असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा गएको पहिरो तथा बाढीमा परेका २३ जना अझै बेपत्ता भएको हेलम्बु गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार पहिरो र बाढीका कारण अझै १९ जना पुरुष र चार जना महिला फेला परेका छैनन्। उनीहरुमध्ये ३ जना चिनियाँ नागरिक र २ जना भारतीय नागरिक हन् ।

    गाउँ पालिकाका अनुसार वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन जना चिनियाँ, तीन जना भारतीय र दुइ जना नेपाली हराइरहेका छन्।



    बेपत्ता हुनेमा हल्देका सुनिल तामाङ, पूर्ण तामाङ, कामी तामाङ, कामी तामाङकी आमा नोकी तामाङ छन्। त्यसैगरी हेलम्बु रेन्बो ट्राउट तथा रिसर्च प्रालि फर्ममा काम गर्ने २ जना महिला र एक पुरुष हराइरहेका छन्।



    किउलका माधव भण्डारी, चुरेटारका गणेश ज्योति, भण्डारी ट्राउट फर्मका सुरेन्द्र नेपाल, पाल्चोक सेराकी दिलकुमारी खड्का पनि हराइरहेका छन् । त्यसैगरी च्याङबा तामाङ, उनको श्रीमती काली तामाङ, भिम प्रसाद भण्डारी, तस्बिर तामाङ र ज्ञानेन्द्र कक्षपती समेत हराइरहेका छन्।

    बाढीका कारण तिम्बुमा रहेको मेलम्ची खोलामा रहेको पुल, दङतोम्बामा रहेको मोटरेबल पुल, चोक्पु र मेलम्चीघ्याङ जोड्ने नवनिर्मित पुल बगाएको छ भने चनौटे चुरेटारको रातोपुल जोखिममा छ। बाढीले सो क्षेत्रको ६ वटा झोलुङगे पुल बगाएको गाउँपालिकाले जानकारी दिएको छ।

    बाढीले च्युरीखर्क, तिम्बु, हल्दे र अब्बाथानमा २८ घर टहरा बगाएको छ। पुरानो चनौटे बजार, मुक्तिटार, गणेशेबगर र किउलसम्म पूर्ण र आंशिक क्षतिका कारण एक सय १३ परिवार विस्थापित भएका छन्। किउलमा रहेको इलाका प्रहरी कार्यालयको भवन बाढीले बगाएको छ। त्यसैगरी भण्डारी सिममा रहेका तीन घर समेत बगाएको छ। चनौटेमा रहेको मुख्य बजारमा रहेका २५ व्यापारिक पसल बाढीले बगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार