Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवन र तनहुँमा बाढीले पक्की पुल बगायो, नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

    चितवन र तनहुँमा बाढीले पक्की पुल बगायो, नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १७ असार २०७८
  • 4.1K
    SHARES

    तनहुँ । लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देशभर क्षति पुर्‍याउन थालेको छ। यहाँका राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ।

    तनहुँको ब्यास नगरपालिका वडा नम्बर १ र वडा नम्बर १३ जोड्ने छाब्दी दोभानको पक्की पुल बाढीले बगाएको छ भने चितवनमा पनि पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ। उक्त पुल भत्किँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।



    तनहुँको बुद्ध सिंह मार्ग अन्तरगत छाला कारखाना नजिक रहेको पक्की पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । छाब्दी खोलामा गएराति आएको बाढी पुल बगाएपछि बेलबास, पोखरीभञ्ज्याङ्, बेनिकोट, गुदिलगायत स्थानका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।



    पुल बगाएपछि बुद्ध सिंह मार्ग र केशवटार मार्गमा चल्ने गाडीहरु सञ्चालनमा रोक लगाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रे लगायतका स्थानमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    यता, चितवनको लदरी खोलो पूर्व–पश्चिम राजमार्गमा पसेको स्थानीयले बताएका छन्। खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि स्थानीय त्रसित छन्। बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्।

    यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ। यो खोलोले रत्ननगर–८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्। त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। रतननगर(७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ।

    बुधबारदेखि नै परेक‍ो वर्षाका कारण रातिदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध छ। उक्त सडकमा आधा दर्जन बढी स्थानमा पहिरो खसेको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार