Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मर्स्याङ्दीमा फेरि बाढी : ५६ घरमा पूर्ण क्षति, २ सय बढी जोखिममा

    मर्स्याङ्दीमा फेरि बाढी : ५६ घरमा पूर्ण क्षति, २ सय बढी जोखिममा

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 3K
    SHARES

    लमजुङ । दश दिनदेखि निरन्तर वर्षा भइरहँदा मनाङको जनजीवन कष्टकर बन्दै गएको छ । आज पनि सदरमुकाम चामेस्थित मर्स्याङ्दी नदीमा फेरि बाढी आउँदा माथिल्लो मनाङ जाने बेलिब्रिज नै नाघेको छ भने नजिकैको लोकप्रिय माविलाई समेत जोखिममा पारेको छ । यस अघि पनि शनिबार चामेमा च्याट्टेखोला र घट्टेखोलामा आएको बाढीले मर्स्याङ्दीलाई थुनेको थियो ।

    बाढीले बगाएर ल्याएको ठूलाठूला रुख बेलिब्रिज र ठाउँठाउँमा अड्किएको छ । मर्स्याङ्दीको बाढीले धार परिवर्तन गरी दायाँतर्फ च्याप्दा विद्यालय र घरहरु जोखिममा परेका छन् ।



    मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ३ दिनयता लगातार बेलिब्रिजलाई जोखिममा पार्ने गरी बाढी आइरहेको छ । मंगलबार रातिको भीषण बर्षाले बाढीले झन् ठूलो रुप लिएको उनले बताए । केही दिनयता सुरक्षाकर्मीले पुल जोगाउन विभिन्न कामहरु गरिरहे पनि बाढी बढ्दै गएकाले समस्या परेको बताए ।



    अहिले बेलिब्रिजबाट ओभरफ्लो भएर पानी बग्दा पारिपट्टि चामेका ५/६ घर फेरि डुबानमा परेका छन् । जेठ ३१ गते रातिदेखि आएको बाढीले नदीको पिँधमा बालुवाजन्य पदार्थ थुपारिदिँदा पुल र बस्ती जोखिममा परेको हो । निरन्तर वर्षाका कारण मनाङमा ५६ घरलाई पूर्ण क्षति पुर्‍याएको छ भने २ सय बढी घर जोखिममा रहेको मनाङ प्रहरीले जानकारी गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार