Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

    पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 3.1K
    SHARES

    फाइल तस्विर

    रोल्पा । मंगलबार राति घरमाथिबाट पहिरो खस्दा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । पहिरोमा परि अन्य तीन जना घाइते छन् । घरमाथिबाट आएको पहिरोले घर भत्किँदा घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    प्रहरीका अनुसार रोल्पा नगरपालिका–९ ह्वामा गाउँस्थित ढाम्पा टोलस्थित स्थानीय ४० वर्षका टीकासिंह बूढामगरको घरमाथि पहिरो खस्दा टीकासिंहकी आमा ८६ वर्षकी कर्मिता, बुहारी १८ वर्षकी सुशीला र छोरी १५ वर्षकी श्यामकलाको ज्यान गएको हो । पहिरोमा परी घर भत्कँदा टीकासिंह, उनकी पत्नी सुनमाया र ९ वर्षका छोरा शक्तिमान घाइते भएका हुन् । वर्षा भइरहेका बेला टीकासिंहको दुई तले घर भत्किएको हो ।



    टीकासिंहको खुट्टालगायत शरीरको धेरै भागमा गम्भीर चोट लागेको छ । उनकी पत्नीलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ । जिल्लामा केही दिन यता निरन्तर वर्षा भइरहेको छ । घटनास्थल सदरमुकाम लिबाङदेखि करिब २० किलोमिटर टाढा पर्छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार