Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • धादिङमा पहिरोले गाडी पुरिँदा २ को मृत्यु

    धादिङमा पहिरोले गाडी पुरिँदा २ को मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १९ असार २०७८
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

    पहिरोमा पाँच सवारी साधन पुरिएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रक पहिरोमा पुरिँदा चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतीय नागरिक ४३ वर्षीया सोनी देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



    प्रजाको घट्नास्थलमै तथा सोनीको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको हो । पहिरोमा बा १२ च ७१५६ नम्बरको भ्यान, ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक पुरिएका छन् ।



    अहिले घट्नास्थलमा प्रहरी परिचालन गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार