Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बग्न थाल्यो मर्स्याङ्दी, जोखिम कायमै

    बग्न थाल्यो मर्स्याङ्दी, जोखिम कायमै

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2.9K
    SHARES

    पोखरा । मनाङको हुम्डेमा केहीबेर थुनिएको मर्स्याङ्दी नदी केहिबेर अघिबाट बग्न थालेको छ । मर्स्याङ्दी नदी नेस्याङ गाउँपालिका–४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले आज केहीबेर नदी थुनिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

    पहिरोले एकछिन मर्स्याङ्दी थुनिएपछि अहिले बगिरहेको बताउँदै लामिछानेले पानीको सतह बढेको जनाएका छन् । विगत एक सातायता अत्यधिक वर्षाका कारण मर्स्याङ्दी नदीमा उर्लिएको बाढी शनिबार झनै बढेको लामिछानेले बताए।



    मर्स्याङ्दी बग्न थालेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्ने भन्दै सबैतिर मर्स्याङ्दी वरिपरि नबस्नु भनेर सूचना दिएको सिडिओ लामिछानेले बताए। नदीमा उर्लिएको बाढीका कारण चामेबाट हुम्डे जाने ट्रसको पुल नाघेर पानी बगिरहेको छ। नदीमा डुङ्गा, बालुवा, माटो लगायत मिसिएर लेदो बगेको छ भने नदीले बगाएर ल्याएको रुख लगायत पुलमा अड्किएको छ। नदीमा पानीको सतह बढ्दै गए पुलमा थुप्रिएका रुखसहित डुङ्गा माटोले फेरि मर्स्याङ्दी थुनिन सक्ने खतरा भएको उनले बताए।



    यता, सदरमुकाम चामेमा केही दिनअघि नै थुनिएको मर्स्याङ्दी अहिलेसम्म पनि पूर्ण रुपमा खुल्न नसकेको सिडिओ लामिछानेले बताए। चामेमा च्याट्टे खोलामा बाढीसँगै आएको ठूला ढुङ्गाहरुले छेकिएर ताल बनेको हो । चामेमा च्याट्टेखोला र घट्टेखोलामा आएको बाढीले यसअघि नै १० घर भत्काइसकेको छ भने झण्डै तीन सय जना विस्थापित भएका छन्।

    यस्तै, मनाङ प्रवेशद्वार ताल गाउँमा ३० घर, धारापानीमा ७ घर, पिसाङमा २ घर लगायत जिल्लाभर हालसम्म ५५ घर बाढीले भत्काएको सिडिओ लामिछानेले जानकारी दिए। अहिलेसम्म मनाङमा ८ वटा झोलुङ्गे पुल, एउटा मोटरेवल पुल, ३ वटा काठको मोटरेवल पुल बाढीले बगाइदिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार