Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • काठमाडौंमा अझै १० दिन निषेधाज्ञा थप्ने तयारी

    काठमाडौंमा अझै १० दिन निषेधाज्ञा थप्ने तयारी

    अनलाइन नेपाल
  • शनिबार, ५ असार २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । असार ७ गतेसम्म कायम रहेको निषेधाज्ञा अझै १० दिन बढ्न सक्ने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण तथा जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई ७ देखि १० दिनसम्म लम्ब्याउने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारीले संकेत गरेका छन् ।

    उपत्यकामा कोरोना संक्रमितको संख्या घट्दै गएपछि दैनिक संक्रमितको संख्या तीन हजारको हाराहारीमा रहेपछि जारी निषेधाज्ञाको अवधि थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जनाएका हुन् ।



    यद्यपी केही क्षेत्रलाई भने खुला गरेर निषेधाज्ञालाई थप्ने तयारी गरेको पनि उनले जनाएका छन् । आफूहरुले संक्रमणसँगै मृत्युदरलाई पनि विश्लेषण गरेका बताउँदै उनले अझै केही समय परिस्थितीलाई हेर्नुपर्ने पनि बताए ।



    पर्सीसम्म निषेधाज्ञा कायम रहेकाले भोली बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप गर्ने बताइएको छ । यद्यपी निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी भने भएको बुझिएको छ ।

    असार ८ गतेदेखि थपिने निषेधाज्ञा समयमा होलसेल, फेन्सी, भाँडा पसल, खाजा पसल, लगायतलाई निश्चित समय दिएर खुलाउने तथा निजी सवारीसाधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने तयारी भएको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार