Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

    कोरोनाबाट पूर्व सञ्चार राज्यमन्त्री बिष्टको निधन

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाली काँग्रेसका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ ।

    विष्टको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।



    उनको केही समयदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । कोरोना पुष्टि भएपछि बिष्टलाई गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार गरिँदै आएको थियो ।



    नभएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमा काठमाडौं ल्याइएको हो । काँग्रेस सुर्खेतका पूर्व सभापति रहेका बिष्ट २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।

    बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। सभापति देउवाले बिष्टको निधनमा दुःख व्यक्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार