Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बाढी-पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु, २१ जना बेपत्ता 

    बाढी-पहिरो र डुबानमा परेर १८ जनाको मृत्यु, २१ जना बेपत्ता 

    अनलाइन नेपाल
  • आइतबार, ६ असार २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आइतबार दिउँसोसम्म १८ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरूमा ११ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।  तीमध्ये सिन्धुपाल्चोकमा ४ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।   



    यस्तै, बाढी, पहिरो र डुबानमा परी १९ जना घाइते भएका छन् । तीमध्ये १२ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला र कास्कीमा २/२ जना, स्याङजा, चितवन, सल्यान र दार्चुलामा १/१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।



    प्रहरीका अनुसार बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

    साथै, बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ । उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ । 

    यस्तै, पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण बझाङ,  कालिकोट, बैतडी लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।

    बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ५ वटा घर, ११ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय २९ वटा पशु चौपायको मृत्यु भएको छ । 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार